बुधबार, कार्तिक १०, २०७८

कर्मचारीद्धारा वृक्षरोपण

२३ भाद्र २०७३, बिहीबार १२:३५

भक्तपुर, २३ भदौ । निजामती दिवसका अवसरमा आज भक्तपुरका निजामती कर्मचारीले वृक्षरोपण गरेका छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको नेतृत्वमा जिल्लाका १५० भन्दा बढी कर्मचारीको सहभागितामा वृक्षरोपण गरिएको हो ।

भक्तपुर नगरपालिका–१७ च्वाङ गणेश मन्दिर परिसरको जङ्गलमा विभिन्न जातका ५०० बिरुवा रोपिएको हो ।

अस्पतालका कर्मचारी आन्दोलित

मध्यपुरथिमी नगरपालिकाद्वारा मध्यपुरथिमिमा सञ्चालित कोरिया नेपालमैत्री अस्पतालका कर्मचारीहरु विभिन्न चारबुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । अस्पतालको स्वतन्त्र कर्मचारी युनियनले चारसूत्रे माग राख्दै विगत दुई वर्षदेखि कर्मचारी एवम् अस्पतालको हकहितको पक्षमा माग राखे पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै युनियनले आज मध्यपुरथिमि नगरपालिकाको कार्यकारी अधिकृतलाई मागपत्र बुझाएको छ ।

आज साँझसम्ममा कर्मचारीको मागलाई सम्बोधन नगरे अस्पतालको लेखा प्रमुख, प्रशासन प्रमुख र कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गर्ने कर्मचारीले बताएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share