बुधबार, मंसिर २२, २०७८

करेन्ट लागेर व्यापारी साहको मृत्यु

२६ जेष्ठ २०७३, बुधबार १०:५६

गोलबजार (सिरहा), २६ जेठ ।
सिरहाको दक्षिणवर्ती गाविस औरही–७ का अन्दाजी ४५ वर्षीय व्यापारी चन्देश्वर साह (कलाल)को करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । घरको आँगनमा रहेको हाते पाइप (कल)मा विद्युतीय तार सर्ट भएर करेन्ट प्रवाह भएको थियो । तर उक्त कुरा थाहा नपाएर कलमा छोएपछि करेन्ट लागेर मृत्यु भएको स्थानीयवासी सुरेश यादवले जानकारी दिए ।
साहले औरही चौकमा हार्डवेयर पसल खोलेका थिए । मृतक साहको शव परीक्षणका लागि अहिले प्रहरीले सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल लगेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share