बुधबार, मंसिर २२, २०७८

करेन्ट लागेर बालिकाको मृत्यु

३१ जेष्ठ २०७३, सोमबार ०९:३०

लहान, ३१ जेठ ।
सिरहाको गोलबजार नगरपालिका–७ स्थित चौहर्वामा आइतबार साँझ करेन्ट लागेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौहर्वा–६ निवासी रामबहादुर मण्डलको ५ वर्षीया छोरी राधिकाकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
साँझ ७ बजेतिर मोटरबाट खेतमा पानी लगाउने क्रममा मोटर नजिक खेल्दै गरेकी राधिकालाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share