सोमवार, मंसिर २०, २०७८

कमैयाद्वारा घर निर्माणका लागि रकम माग

१५ जेष्ठ २०७३, शनिबार ०८:३०

काठमाडौँ, १५ जेठ । मुक्त कमैयाले २०५८ सालदेखि २०७२ असार मसान्तसम्म पुनः स्थापना भएका कमैयालाई घर निर्माण तथा ३५ क्युफिट काठको सट्टा एकमुष्ट रु एक लाख ५५ हजार उपलब्ध गराउन माग गरेका छन् ।
मुक्त कमैया एकता सङ्घर्ष समितिले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले मुक्त कमैयाबीचको भेद्भाव अन्त्य गर्नुपर्ने, सट्टा भर्ना लागू गर्नुपर्ने, यथास्थानमा बसोबासको व्यवस्था गर्नुपर्ने, परिचयपत्र उपलब्ध गराउनुपर्ने, कमलहरि, बुकरहीलाई परिचयपत्र दिनुपर्ने, मुक्त कमैयाका बालबच्चालाई उच्च शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
राज्यले कमैया मुक्त घोषणा गरे पनि अहिलेसम्म आफूहरुलाई पुनःस्थापना गर्न नसकेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा सांसद मोहन सिंह राठौर, योगेन्द्र चौधरी र गङ्गा चौधरीले मुक्त कमैया पुनःस्थापनामा राज्यको उदासिनताले ढिलाइ भएको भन्दै आफूहरुले पुनःस्थापनामा सरकारले गरेको निर्णय कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कमासु दिगो विकास समाजका अध्यक्ष विन्तिराम थारुले आफूहरुको माग यही जेठ २० गतेसम्म सम्बोधन नभए विभिन्न आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share