सोमवार, मंसिर २०, २०७८

कपिल र कृष्णाको विवादमा मीका फसे

१४ जेष्ठ २०७३, शुक्रबार ०३:०४

krishna-in-the-show-will-not-work-kapil-1-3679-5384-krishna-kapil

मुम्बाई – कमेडियन कपिल शर्मा र कृष्णा अभिषेकबीचको विवादको झमेलामा गायक मीक सिंह फसेका छन् । मीकालाई कलर्सले आधिकारीक पत्र पठाएको छ । उनलाई कलर्सको ‘कमेडी नाइट्स लाईभ’ बाट हट्न भनिएको छ । यस शोका प्रस्तोता कृष्णा अभिषेक हुन् । सोनीबाट प्रशारण हुने कपिल शर्माको शोमा अतिथि बनेर गएपछि मीकालाई यस शोबाट हट्न कलर्सले पत्र पठाएको हो । ‘द कपिल शर्मा शो’ का निमार्तालाई पनि कलर्सले यस सम्बन्धि पत्र पठाएको छ ।

गेलसँग सुटिङ गर्दै थिए मीका
मीका सिंह शुक्रबार ‘द कपिल शर्मा शो’ को सुटिङमा व्यस्त थिए । तर खासमा उनको कलर्ससँग सम्झौता छ ।
द कपिल शर्मा शो र कलर्समा आउने कमेडी नाइट्स लाईभ एक अर्काका प्रतिस्पर्धी कार्यक्रम मानिन्छन् । यसअघि कपिलको शो पनि कलर्सबाटै प्रशारण हुन्थ्यो ।
मीकासँगै वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेल र गायक कनिका कपूर पनि सुटिङमा थिए ।
मिडिया रिर्पोटस्का अनुसार मीका सिंहलाई कमेडी नाइट्स लाईभबाट बाहिरिन कलर्सले भनिसकेको छ ।
मीकाले यस सम्बन्धमा कमेडी नाइट्स लाईभका निमार्तासँग छिट्टै बैठक बसेर निर्णय गर्दैछन् ।
कृष्णा र कपिल एक अर्काको विरोधमा
– कमेडीयन कपिल र कृष्णा अभिषेक दुबैले एकअर्कालाई मौका पाएका बेला वचनको हमाला गर्न बाँकी राख्दैनन् ।
– सामाजिक सञ्जालमा कमेडी नाइट्स लाईभ बन्द भएको अनुमानसहितका पोस्टहरु आउन थालेपछि कृष्णाले कपिलको नाम नलिइ उनले नै यस्तो हल्ला चलाएको आरोप लगाए ।
– कृष्णा अभिषेकको शोलाई सलमान खानको बिग बोस–१० ले रिप्लेस गर्दैछ । यसबीच कमेडी नाइट्स बन्द हुने चल्ला चलेपछि कृष्णाले सबै हल्लाहरु कपिल शर्मा र उनको टिमले फैलाएको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share