शुक्रबार, असार १७, २०७९

कपास उद्योगमा आगलागी

२० कार्तिक २०७३, शनिबार ११:१९

कलैया, २० कात्तिक । कलैया–६ स्थित एक कपास उद्योगमा आज दिउँसाे करिब २ बजे विद्युत् चुहावट भएर आगलागी भएको छ ।

आगलागीबाट करिब रु २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु पण्डितको घरमा गएराति आगलागी हुँदा करिब एक लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ३५ हजार, खाद्यान्न, लत्ताकपडा नष्ट भएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share