बुधबार, मंसिर २२, २०७८

कतार जान लागेका छ महिलाको उद्धार

२५ जेष्ठ २०७३, मंगलवार ०६:४९

नवलपरासी, २५ जेठ । नेपाली भूमि हुँदै भारतबाट कतार जान लागेका छ महिलालाई  नवलपरासीबाट उद्धार गरिएको छ । 

भारतको दिल्ली हुँदै कतार लैजाने भन्दै रामु भनिने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेका अवस्थामा सोमबार माइती नेपालको टोलीले महेशपुर नाकाबाट उनीहरुलाई उद्धार गरेको हो ।
उद्धार गरिएकामा चितवन, सिन्धुली, धादिङ र तनहुँका एक एक एक तथा नवलपरासीका दुई महिला रहेको माइती नेपाल आवधिक गृहका प्रमुख माया क्षेत्रीले जानकारी दिए ।
छमध्ये नवलपरासीका दुई जनालाई परिवारका साथमा घर पठाइएको र अन्य चार जनालाई पनि परामर्श दिएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपालले जनाएको छ ।
नेपाल भारत सीमा क्षेत्र हुँदै दैनिकजसो महिला बेचिन भारत पुग्ने गरेका छन् । दलालले विभिन्न बहानामा बेच्न लैजाने गरेको तथ्याङ्कले देखाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share