बुधबार, मंसिर २२, २०७८

कतारबाट अक्षयकोषमा रु २८ लाख जम्मा

२३ जेष्ठ २०७३, आईतवार १२:५९

दोहा(कतार) २३ जेठ ।

कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा रु २८ लाखको अक्षयकोष निर्माण गरेका छन् ।  विधिवत् रुपमा नेपालमा दर्ता गर्दै भूकम्पबाट क्षति पु¥याएको सामुदायिक विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ स्वदेश तथा विदेशमा रहेका जिल्लावासी एक जुट हुँदै उक्त रकम जुटाउन सफल भएका छन् ।

अक्षयकोषमा सहयोग गर्नेलाई संस्थाले सम्मान गरेको छ । सम्मान कार्यक्रममा एनआरएनएआइसिसीका उपाध्यक्ष कुमार पन्तले गोरखावासीले प्रवासबाट अभियान चलाएर प्रवासी नेपालीलाई प्रेरणा जगाएको बताउँदै अब समृद्ध नेपाल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
पन्तले उक्त अक्षयकोषको वृद्धिका लागि रु पाँच लाख सहयोग गर्ने घोषणा समेत गर्नुभयो । संस्थाका अध्यक्ष सुदर्शन भट्टले राम्रो काम गर्दा सबैको साथ र हौसला मिलेको बताए। रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share