शनिबार, मंसिर १८, २०७८

कडिया अपहरण घटनामा चार प्रहरी निलम्बित

२१ जेष्ठ २०७३, शुक्रबार १९:१९

काठमाडौँ, २१ जेठ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ ।

केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो ।

निलम्बित हुने प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानहरु प्रमोदकुमार यादव, वुनिल महतो र सुरेन्द्रप्रसाद साह छन् ।

यस अगाडि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवही गोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशम्शेर कुँवर, सशस्त्र प्रहरी हबल्दार र सशस्त्र प्रहरी जवानसमेतलाई निलम्बित गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share