शुक्रबार, असार १७, २०७९

औषधि ५१ जिल्लामा खरिद

१९ कार्तिक २०७३, शुक्रबार १६:४१

काठमाडौँ, १९ कात्तिक । बिहीबारसम्म देशका ५१ जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षका लागि औषधि खरिद गरिसकेका छन् ।

‘‘अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै चाँडो औषधि खरिद भएको छ, सम्भवतः मन्त्रालयले पहिलोपटक यति छिटो औषधि खरिद प्रक्रिया अगाडि बढाएको छ’’,— प्राथमिक स्वास्थ्य सेवा पुनःजागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले भने ।”

प्रत्येक जनस्वास्थ्य कार्यायले रु तीन लाखबराबरको औषधि किनिसकेका छन् भने बाँकी औषधि किन्नका लागि बिहीबारसम्ममा ३३ वटा जिल्लामा जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेको महाशाखाले जनाएको छ ।

बाँकी जिल्लाले पनि एक हप्ताभित्रमा बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ । केन्द्रमा आपूर्ति व्यवस्थापन महाशाखाले गत असोज १६ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।

जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा धेरै काठमाडौँले ७५ लाख र सबैभन्दा थोरै मनाङले १३ लाख रुपैयाँबराबरको औषधि किन्ने मन्त्रालयले जनाएको छ ।

पाँचवटै क्षेत्रीय निर्देशनालयले पनि एक दुई दिनभित्रमा बोलपत्र आह्वान गरिसक्ने निर्देशक डा दाउदले बताए  ।

क्षेत्रीय निर्देशनालयमध्ये धनकुटाले रु ६० लाख, हेटौँडाले रु ७५ लाख, पोखराले रु ६० लाख, सुर्खेतले रु ५५ लाख र डोटीले रु ५० लाखको औषधि किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको उनको भनाइ छ ।

बोलपत्र आह्वान गरेपछिका बाँकी सबै प्रक्रिया पूरा गर्दा बढीमा दुई महिनाभित्रमा औषधि ल्याइसकिने मन्त्रालयको दाबी छ ।

मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खरिद गर्न लागेका हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share