बुधबार, मंसिर २२, २०७८

ओली र प्रचण्डबीच किचलो

१८ जेष्ठ २०७३, मंगलवार ०७:१९

काठमाडौं, १८ जेठ – वर्तमान सरकारलाई समर्थनको निरन्तरताबारे वैशाख १७ गते प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भनिएको तीनबुँदे समझदारीको व्याख्या र कार्यान्वयनलाई लिएर दुई नेताबीच फरक मत देखापरेको छ ।

माओवादीका सबै नेता र कार्याकर्ताबिरुद्ध द्धन्द्धकालदेखि लागेका सबै राजनीतिक प्रतिशोधका मुद्धा फिर्ता गर्ने सहमति भए पनि बजेट पारित भएपछि ओलीले छाड्ने र एमालेले दाहाललाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्ने अलिखित समझदारीबारे भने फरक मत देखापरेको हो ।

एमालैकै अर्का वरिष्ठ नेता माधव नेपालले सोमाबार पोखरामा ओली सरकारको आयु गठबन्धनका अन्य दलका हातमा रहेको उल्लेख गर्दै दाहाललाई बहुमतीय होइन, राष्ट्रिय सहमतिको सरकारका प्रधानमन्त्रीका रुपमा स्वीकार्ने सहमति भएको बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share