शनिबार, मंसिर १८, २०७८

ओझेलमा पर्दै प्रदेश नम्बर ६ को जलविधुत विकास

१९ जेष्ठ २०७३, बुधबार ११:५८

karnali_site

खबरइरा संवाददाता
सुर्खेत, १९ जेठ । आर्थिक विकासका दृष्टिले पिछडिएको क्षेत्रको रुपमा रहेको ६ नम्बर प्रदेश जलविधुतको प्रचुर संभावना बोके भएपनि लाइसेनस लिने तर काम नगर्ने प्रवृत्तिले ओझेलमा पर्दै गएको छ ।
विधुत उत्पादन निर्माण, सर्वे लाइसेन्स लिएका, सर्वे लाइसेन्सका लागि निवेदन दिएका र सरकारले लाइसेन्स रोकेर राखेका गरी करिब पाँच दर्जन आयोजना प्रदेश नम्बर ६ मै रहेका छन् । ती सबैको क्षमतालाई जोड्दा प्रदेश नम्बर ६ मा मात्रै झण्डै सात हजार मेगावाट विधुत उत्पादन हुन सक्छ ।
तर लाइसेन्स लिएका आयोजना लामो समयसम्म निर्माण हुन सकेको छैनन् भने सर्वे अनुमति लिएका ती कतिपयको समयअवधि सकिएपनि सर्वेको काम सुरु हुन सकेका छैनन् । जसका कारण यस क्षेत्रमा जलविधुत उत्पादनको अवस्था कमजोर हुन पुगेको छ ।
माथिल्लो कर्णाली, भेरी बबई र नलसिंगाड बाहेक ठूला विधुत आयोजना निर्माणका लागि प्रक्रिया नै सुरु गरिएका छैनन् । केवल यी आयोजना विधुत विकास विभागको वेभसाइटमा मात्रै सिमित छन् । यस्ता आयोजनाले पूर्णता पाउने टुङ्गो छ्रैन् ।
नेपालकै ठूलो आयोजना ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली निर्माणको चरणमा रहेको छ भने ४८ मेगावाट क्षमताको भेरी बबईको पनि सरकारले नै निर्माण कार्यलाई अघि बढाएको छ ।
कर्णाली र भेरी नदीमा आधारित विधुत आयोजना निर्माणका लागि सरकारी र निजी क्षेत्रबाट सर्वेको काम दु्रतगतिमा गरेपनि पछिल्लो समयमा लगानीको वातावरण नभएको भन्दै काम सुस्त हुन पुगेको छ । जसले गर्दा जलविधुत आयोजना निर्माणमा ढुस्ती आएको छ ।
विधुत विकास विभागको वेभसाइटमा उल्लेख भए बमोजिम सरकारले लाइसेन्स रिजर्व गरेको मध्ये हुम्लाको हुम्ला कर्णाली क्यासकार्ड ९ सय १६ मेगावाट क्षमताको जलविधुत आयोजना हो भने निर्माण लाइसेन्स पाएको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजना सबैभन्दा ठूला आयोजना हुन् ।
सरकारले लाइसेन्स रिजर्व गरेर राखेका दुई दर्जन आयोजनाको मात्रै ३ हजार मेगावाट भन्दा बढी क्षमता हुने जलविधुत आयोजना रहेको विधुत विकास विभागको रेकर्डमा देखिन्छ । यति मात्र होइन, निर्माण लाइसेन्स लिएका २० मेगावाट क्षमता हुने ३ वटा आयोजना दैलेख, रुकुम र कालिकोटमा छन् ।
ठूला विधुत आयोजनाका रुपमा निर्माण गर्न सhydropowerकिने संभावित आयोजनामा ४ सय ४० को तिला–१, ४ सय २० को लिता–२, ४ सय को नल्सल्यगाड रुकुम, २ सय ७४ को हुम्ला कर्णाली, २ सय १२ को भेरी–१, २ सय १० को फुकोट कर्णाली, २ सय को कर्णाली–७, १ सय ९४ को मुगु कर्णाली–१, १ सय ८४को अपर कर्णाली सेट–१, र १ सय ८० को भेरी–२ रहेका छन् ।
त्यसैगरी सर्वेका लागि लाइसेन्स पाएको ९ सय मेगावाटको माथिल्लो कर्णाल, ४ सय ८० मेगावाटको भेरी ३ स्टोरेज, १ सय ४८ मेगावाटको छेरा एक, १ सय २१ मेगावाटको ठूली भेरी र ६० मेगावाटको तल्लो भेरी सहित १ हजार सात सय २७ मेगावाट क्षमता हुने १० वटा आयोजना यसै प्रदेशमा रहेका छन् ।
त्यस्तै सर्वे लाइसेनसका लागि निवेदन दिएको मध्ये माथिल्लो भेरी ८५ मेगावाट सहित ८७ मेगावाट क्षमता हुने ३ वटा आयोजना पनि प्रदेश नम्बर ६ अन्र्तगत रहेका संभावित जलविधुत आयोजना हुन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share