बुधबार, माघ ५, २०७८

एमाले स्थायी कमिटी साँझ बस्दै

२८ असार २०७३, मंगलवार १५:४७

काठमाडौँ, २८ असार । सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज साँझै बस्ने भएको छ । 

सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ । माओवादीले सरकारबाट फिर्ता हुने पत्र दिएपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य केही मन्त्री तथा पूर्वसभामुख सुवास नेम्वाङ लगायतसँग अनौपचारिक छलफल गरेका थिए ।

स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share