शनिबार, माघ ८, २०७८

एमाले उपाध्यक्ष शाक्यलाई पितृशोक

२६ असार २०७३, आईतवार १६:४६

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ ।

उनका पिता तीर्थबहादुरको आज बिहान सीतापाइलास्थित मनमोहन मेडिकल कलेजमा निधन भएको हो । विसं १९७८ वैशाख १९ गते काठमाडौँको झोंछेमा जन्मेका शाक्य लामो समयदेखि मुटु, दम र नसाको रोगबाट पीडित थिए ।

शाक्य एमालेका शुभचिन्तक, भूमिगतकालदेखिका सहयोगी तथा समाजसेवी समेत रहेका एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराका ससुरा समेत रहेका शाक्यका चार छोरी र तीन छोरा छन् । एमालेले दिवङ्गत शाक्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्प्त परिवारमा समवेदना प्रकट गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share