बिहिबार, माघ १३, २०७८

एमालेले प्रम बन्न गरेको प्रस्ताव पौडेलद्वारा अस्वीकार

३१ असार २०७३, शुक्रबार ०७:०३

काठमाडौँ, ३१ असार । नेकपा (एमाले)का तर्फबाट प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् ।

ramchandra_paudel-400एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि राखेकाे प्रस्तावलाई वरिष्ठ नेता पौडेलले इन्कार गरेका हुन् । “पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ, म पार्टी निर्णयभन्दा बाहिर जान सक्दिन”– वरिष्ठ नेता पौडेलको भनाइलाई उद्धृत गर्दै उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।

काँग्रेस केन्द्रीय समिति बैठकले काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गर्दै दाहालको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्ने निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेस र माओवादी केन्द्रसहितका दलले बुधबार व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share