शुक्रबार, कार्तिक ५, २०७८

एपिएफ र न्यू डायमन्ड उपाधिका लागि भिड्ने

१८ भाद्र २०७३, शनिबार २१:१८

पोखरा, १८ भदौ । सशस्त्र प्रहरीको एपिएफ क्लव र न्यू डायमन्ड एकेडेमी कास्कीको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आइतबार भिड्ने भएका छन् ।

पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत न्यू डायमण्ड एकेडेमी र पश्चिमान्चलको टप्स उच्च मावि बीच भएको प्रतिस्पर्धात्मक खेल । तस्बिर: निमदत्त सुवेदी रासस पोखरा
पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत न्यू डायमण्ड एकेडेमी र पश्चिमान्चलको टप्स उच्च मावि बीच भएको प्रतिस्पर्धात्मक खेल । तस्बिर: निमदत्त सुवेदी रासस पोखरा

शनिबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई तथा न्यू डायमन्ड एकेडेमीले पश्चिमाञ्चललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । एपिएफले आर्मीलाई २५–११, २५–१७ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो भने न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१५, २५–१५ र २५–१६ अङ्कले हरायो ।

एपिएफलाई फाइनल पु¥याउन नेविका चौधरीको सर्वाधिक १३ अङ्कको योगदान रह्यो । यस्तै न्यू डायमन्डका लागि कृपा अधिकारी, प्रतिभा माली र कप्तान ललिता नाथले उत्कृष्ट प्रदर्शन गरे । आइतबार नै तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लव र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको सो भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब तथा न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको नेपाल भलिबल सङ्घका कोषाध्यक्ष सुनकेशरी मालीले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share