मङ्लबार, माघ ११, २०७८

एनसेल टावरमा प्रहरी सुरक्षा

३१ जेष्ठ २०७३, सोमबार १५:५१

भीमदत्तनगर, ३१ जेठ । देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ ।

देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
“साठीवटै टावरमा कम्पनीका गार्डहरुलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ” प्रवक्ता खनालले भने–“यहाँ आठवटा टावर घरको छत र बाँकी ५८ वटा टावर निजी जमिनमा जडान गरिएका छन् ।”
नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share