बिहिबार, माघ १३, २०७८

एनसेलको टावरमा भएको आक्रमणप्रति आयोगको ध्यानाकर्षण

१ असार २०७३, बुधबार १९:१०

काठमाडौँ, १ असार । राष्ट्रिय मानवअधिकार आयोगले नेत्र विक्रम चन्द माओवादीद्वारा विभिन्न स्थानका सञ्चार सेवा प्रदायक संस्था एनसेल टावरमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एनसेलका टावर जलाइएपछि नागरिकको स्वतन्त्रपूर्वक सञ्चार सम्पर्क गर्न पाउने अधिकार प्रभावित भएको भन्दै आयोगले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ ।

एनसेल टावर जलाइएपछि सल्यान, चितवनलगायत विभिन्न जिल्लाका अधिकांश गाविस सञ्चारविहीन भएका छन् । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले वुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा (१९) ३ मा सञ्चारको हकमा कानुनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोनलगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख भएको स्मरण गराएका छन् ।

साथै, आयोगले जेठ ७ गते ललितपुरको होगल इलाछे, मङ्गलबजारस्थित एक पसलमा ग्यास सिलिन्डर पड्केर तीन जना व्यक्तिको मृत्यु भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगले वुधबार नै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचारसमेत गरेको जानकारी दिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share