शनिबार, मंसिर १८, २०७८

एनसेलको टावरमा आगजनी

३१ जेष्ठ २०७३, सोमबार ०७:३२

रत्ननगर (चितवन), ३१ जेठ । चितवनमा अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेका छन् ।

गएराति १०ः३० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ ।
आगजनीबाट टारवमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।  यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share