आइतवार, असार १९, २०७९

एडिबीद्वारा ऋण तथा अनुदान सहयोगको घोषणा

१८ कार्तिक २०७३, बिहीबार १४:०८

काठमाडौँ, १८ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ ।

बैंकले उक्त ऋणमध्ये रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान दुईसयवटा नमुना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । साथै, ती नमुना विद्यालय भवन विपद् जोखिम सामना गर्नसक्ने हुनेछन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share