सोमवार, मंसिर २०, २०७८

एक सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

१६ जेष्ठ २०७३, आईतवार १५:३९

 काठमाडौँ, १६ जेठ । विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत १८९ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको छ ।

जिविस काठमाडौँले आज यहाँ जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले नेपालको राजनीति, प्रशासन, व्यापारलगायत क्षेत्रमा सामुदायिक विद्यालयमा अध्ययन गरेकाहरु को वर्चस्व रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्ने औल्याइन् । उनले भनिन् –“विदेश गएर गर्ने दुःख अब नेपालमा नै गर्नुपर्छ । नेपाललाई समृद्ध बनाउने जिम्मेवारी युवाको काँधमा आएको छ ।”
प्रजिअ रामकृष्ण सुवेदीले सरकार र सामुदायिक विद्यालयको सहकार्यमा नै शैक्षिक गुणस्तर हासिल गर्न सकिने बताए । स्थानीय विकास अधिकारी गोपालबहादुर अधिकारीले विगतमा सामुदायिक विद्यालयमा लगानी अत्यन्त न्यून भए पनि नतिजा उत्कृष्ट आएको स्मरण गर्दै अहिले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब उत्कृष्ट नतिजा ल्याउनुपर्नेमा जोड दिए । काठमाडौँमा मात्रै करिब तीन सय सामुदायिक विद्यालय रहेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share