मङ्लबार, कार्तिक ९, २०७८

एक सयभन्दा बढी जोडीको सम्बन्धविच्छेद

४ आश्विन २०७३, मंगलवार ०८:०४

पोखरा, ४ असोज । स्याङ्जामा एक वर्षका अवधिमा १३१ जोडीको सम्बन्धविच्छेद भएको छ ।

आव २०७२/७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए ।

सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ । अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै गएको बताइएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share