बुधबार, मंसिर २२, २०७८

एक बेसहारा महिलाको दर्दनाक कथा

१७ जेष्ठ २०७३, सोमबार १२:०३

नेपालीको पुर्जा भएको जमिनमा भारतीयको कब्जा

womenदीपेन्द्र कुमार बस्नेत
पुनर्वास कञ्चनपुर, १७ जेठ  । बैलौरी नगरपालिका १ फटैया बस्ने पशुपतिदेवी सुनारले आफ्नो नाममा भएको जग्गा पाउन वर्षौ देखि गरेको संघर्ष अझै पनि जारी छ । जग्गा प्राप्तीको लागि संघर्ष गर्दा गर्दै जीवन विताएकी उनले अहिले पनि संघर्ष गर्दै आएकी छन् । नेपाल सरकारले २०२८ मा वस्ती बसाल्दा दिएको १ विगाह ६ कठ्ठा जमिन भारतीयले कब्जामा लिएका कारण पशुपतिदेवीका परिवारले जग्गा प्रयोग गर्न पाएका छैनन् । जग्गा प्राप्तिका लागि संघर्ष गरेपनि सहयोग गर्ने कोही नभएको उनको गुनासो छ ।
आफ्नो समस्याको बारेमा बोलिदिने कोही नभएपछि जग्गा उपभोग गर्नबाट बन्चित भएको पींडित पशुपतिदेवीको गुनासो छ । उनको गुनासो गर्दै भनिन्, ‘सरकार छैन भनौं भने प्रत्येक वर्ष मालपोत लिन्छ, तर समस्याको सुनुवाई गर्दैन ।’ जनताको दुख प्रत्यक्ष देख्दा समेत न त स्थानीय निकायबाट कुनै पहल नै भएको छ, न त केन्द्रतहबाट उनले भनिन् ।
पशुपतिदेवीकी जेठा छोरा प्रेम बहादुर सुनारले जमिन नेपाल सरकारले आफूहरुलाई फर्काइदेला भन्ने आश समेत मार्नुपर्ने अवस्थाको सृजना भएको बताउंछन् । बेलाबेलामा टेलिभिजन र पत्रपत्रिकामार्फत यो भारतले कब्जा गरेको जमिनको प्रसंग नउठाइएको पनि होइन, उनले भने तर नेपाल सरकार न त सुन्छ न त समस्याको समाधान दिन्छ ।
यस्तै समस्या भोग्दै आएका कर्ण बहादुर सुनारसंग हातमा लालपुर्जा त छ, तर जमिन उपभोग गर्न पाएका छैनन् । भारतीय सुरक्षा वलले कब्जा गरेका कारण कर्ण बहादुरले जमिन फिर्ता गराउन धेरै धाएको तर जमिन फिर्ता पाउन नसकेको बताउंछन् । भारतीय प्रहरी एसएसबि र भारतीय जंगलका अधिकारीहरुले नेपालको आफ्नो जमिनमा जोतखन गर्न हस्तक्षेप गर्दा समेत नेपाली प्रशासन मौन रहेको उनको गुनासो छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share