एक्सपर्टको एजुकेसन मेला हुने
२८ जेष्ठ २०७३, शुक्रबार १९:४८अस्ट्रेलीया, २८ जेठ ।
नेपाली विद्यार्थीको लागि नया गन्तब्य बन्दै गएको परिप्रेक्षमा अस्ट्रेलीयाको सीड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले विद्यार्थीको हक हितका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएकोछ । वर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरुको गन्तब्य बन्दै गरेको अस्ट्रेलियामा यहाँको शैक्षिक अन्यौलता चिर्न निकै कठिन बन्दै गएकोछ ।
यस्तो परिप्रेक्षमा हाम्रो दायित्वका रुपमा रहेको शैक्षिक परामर्शको कार्यक्रम यही जुन २१ तारिखका दिन सिड्नीमा आयोजना गर्न लागेको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एकसपर्टका निर्देशक बद्री अर्यालले एकै ठाउमा कलेज , पढाइ छात्रबृती अनि कामको अवसरका बारेमा पनि छलफल हुने भएकोले यो मेला बिध्यार्थीको लागि हितकर रहने बताए ।
कार्यक्रममा बिश्वबिद्यायलको प्रतिनितित्व गर्दै चाल्स अल्वर्ट युनिभर्सिटीका जेफरी गोस्परले ब्यवशायीक र ब्यबस्थित बिश्वबिद्यालयका रुपमा रहेका कारण नेपाली विद्यार्थीहरु आफ्नो लागि पहिलो रोजाइ रहेको बताए । उनले आफ्नो बिश्वबिद्ययालयमा करिब चार सय नेपाली रहेका बताउदै भने, उनीहरु मिहिनेती मात्र होइन, भविश्यप्रति चिन्तित र असल पनि छन् ।
यस्तै पत्रकार सम्मेलनमा टोरेन्स युनिभर्सीटीकी किम याङले आफ्नो देशभर छरिएर रहको नेटवर्क भित्र नेपालीको सहभागिता रहने बिश्वासका साथ एकसपर्टको मेलामा सहभागि भएको बताइन । उनले भनीन, अहिलेसम्म टोरेन्समा नेपाली कमै छन तर हामी उनिहरुको पहुछ र सहयोगका लागि यो मेलामा सहभागि बन्दै छौ ।
कार्यक्रममा अस्ट्रेलियाका १४ युनिभर्सिटीहरुको सहभािगता रहने एकसपर्टका सन्जिव शर्माले बताए । कार्यक्रममा सहभागि एक्सपर्टका बद्री अर्यालले भिषा, पढाइ, भबिष्य अनि कर्म क्षेत्रको ज्ञानका लागि एकसपर्टले शैक्षिक मेलाको अयोजना गरेको बताए । उनले भने, हाम्रो उदेस्य भनेको नेपाली बिध्यार्थीले गलत बाटो र अलग सोचमा नहिडुन भन्ने हो । कमसेकम सही मार्ग र अलग सोच अपनाए हामी सबै नेपाली कल्याण हुने थियो , हाम्रो उद्देस्य त्यती मात्र हो, अर्का निर्देशक सन्जीव शर्माले बताए ।