बुधबार, मंसिर २२, २०७८

एक्याप क्षेत्रमा गिद्ध गणना सुरु

१७ जेष्ठ २०७३, सोमबार ११:०६

मुस्ताङ, १७ जेठ । विश्वप्रसिद्ध पदमार्ग राउण्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्धको सङ्ख्याको गणना गर्न थालिएको छ ।

ग्लोबल प्राइमेट नेटवर्कले पदमार्गअन्तर्गत मुस्ताङको मुक्तिनाथ गाविसदेखि कास्कीको घान्द्रुक क्षेत्रसम्म गिद्धको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्न थालेको हो ।
सन् २००१ देखि लगातार छ वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहकार्यमा गिद्धको सङ्ख्या गणना गरिए पनि त्यसयता भने रोकिएको छ ।
यसअघि गणना गरिएकै स्थानबाट फेरि गणना गर्न सुरु गरिएको नेटवर्कका कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्यले जानकारी दिए । उनका अनुसार, अहिलेसम्मको अध्ययनमा गिद्धको सङ्ख्या विगतको तुलनामा स्थिर नै देखिएको छ ।
मानवीय क्रियाकलापका कारण विश्वव्यापी रुपमै गिद्धको सङ्ख्या लोप हुँदै जाँदा आहार र सुरक्षित बासको अभावका कारण मुस्ताङ आसपासको क्षेत्रमा पनि यसको सङ्ख्या घटेको विगतको अध्ययनले देखाएको छ ।
“सन् २००१ देखि ६ सम्म आइपुग्दा यस क्षेत्रमा गिद्धको सङ्ख्या घट्दै गएको थियो, तर यो लामो अवधि पछि हेर्दा केही रुपमा बढेको पाएका छौँ”, उनले भने । टोलीले मुक्तिनाथ, लोप्रा, मार्फा र कोबाङ क्षेत्रमा अध्ययन गरिसकेको छ भने घासा, म्याग्दीको तातोपानी, चित्रे र घान्द्रुक क्षेत्रमा थप अध्ययन गरिने जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share