मङ्लबार, असार २१, २०७९

एकै जिल्लामा साढे आठ हजारको गुनासो

११ असार २०७३, शनिबार ०८:४५

नुवाकोट, ११ असार ।

भूकम्पपछिको लाभग्राहीको सूचीमा नपरेको र नाममा फरक परेको भन्दै आठ हजारभन्दा बढीको गुनासो गरेका छन् ।

सरकारले केन्द्रीय तथ्याङ्क विभागमार्फत गाउँगाउँमा वास्तविक भूकम्पपीडितको सूची निकाल्न सर्भेयर खटाएर तथ्याङ्क सङ्कलन गर्दा नाम छुटेको भन्दै जिविसमा गुनासो गरेका हुन् ।

जिविसले प्रकाशन गरेको तथ्याङ्कअनुसार हालसम्म ६१ गाविस र विदुर नपा गरी आठ हजार ५५६ गुनासो दर्ता भएको छ ।

नुवाकोटमा लाभग्राहीको सूचीमा ६५ हजार ७५९ घरधुरीको नाम प्रकाशन भएको छ । लाभग्राहीको सूचीमध्ये दुई हजार ८७५ घरका लागि अनुदान सम्झौतासमेत भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ ।

गाविसका लागि बैंकिङ प्रक्रियाका लागि बैंक तोक्ने काम सम्पन्न भएकाले अब धमाधम सम्झौताको काम अघि बढ्ने उपक्षेत्रीय कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

उनले दर्ता भएका गुनासा सरकारले बनाएको नीतिअनुसार सम्बोधन गरिने जानकारी दिए । कतिपय गाविसमा गुनासोको सम्बोधन नभएसम्म सहयोग सम्झौता गर्न रोकिएको पाइएको छ । तर उपक्षेत्रीय कार्यालयका प्रमुख सापकोटाले भने अहिले सूचीमा भएकाको काम अघि बढाउँदै जान जिविसलाई आग्रह गरेका छन् ।

विदुर नपाबाट ८८९ गुनासो दर्ता भएको छ भने गाविसमा सबैभन्दा धेरै जिलिङ गाविसबाट ५५४ दर्ता भएको छ । नुवाकोटमा अहिलेसम्म २१ गाविसमा रकम सम्झौताको काम सुरु भएको छ । सबैभन्दा बढी जिलिङ गाविसमा ८५९ सम्झौता भएको प्राधिकरणको उपक्षेत्रीय कार्यालयले जनाएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share