सोमवार, मंसिर २०, २०७८

‘एकता कायम गर्न चुरे संरक्षण कार्यक्रम’

२४ जेष्ठ २०७३, सोमबार ०६:३२

तुलसीपुर (दाङ), २४ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले वातावरण संरक्षण गर्न सरकार, संसद् र जनता सबै एक भएर अभियानका रुपमा लाग्नुपर्ने बताएका छन् । president-ram-baran-yadav-e1438599545998

विश्व वातावरण दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ दाङले अाइतबार घोराहीमा आयोजना गरेको ‘दाङको वातावरण संरक्षणमा सरोकारवाला निकायको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राकृतिक सम्पदाको वैज्ञानिक प्रयोग संरक्षणसँगै चुरे संरक्षणबाट सम्पदाको बचाउ गर्नसके भविष्यमा आइपर्ने वातावरणीय सङ्कटलाई हटाउन सकिने बताए ।  वातावरण संरक्षणमा ध्यान नदिएकै कारण जलवायु परिर्वतनको असर बढ्दै गएको उनकाे भनाइ छ ।
पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तरार्ईलाई जोडी एकता कायम गर्न चुरे संरक्षण कार्यक्रम ल्याएको बताए । वैज्ञानिक वन व्यवस्थापन अहिले खाँचो भएको भन्दै उनले वन व्यवस्थापन नहुँदा चुरे विनास भइरहेकामा चिन्ता व्यक्त गरे ।
पूर्वराष्ट्रपतिले फरक प्रसङ्गमा देशमा एकता कायम गरी संविधान कार्यान्वयनमा जुट्न अपिलसमेत गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share