शुक्रबार, कार्तिक ५, २०७८

उमेर बढाएर राहदानी

४ आश्विन २०७३, मंगलवार ०८:०७

बनेपा, ४ असोज । काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि गाविसका बासिन्दाले उमेर बढाएर राहदानी बनाउन थालेका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारले वैदेशिक रोजगारीका लागि त्यसरी राहदानी बनाएको डाँडापारि गाविस मिल्चेका प्रेम तिमल्सिनाले जानकारी दिए । “विद्यालय गए पनि शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगरी जन्मदर्ता सच्याएर बनाउने र त्यसकै आधारमा नागरिकता लिएर राहदानी बनाउने परम्परा जस्तै भएको छ” उनले भने ।

डाडाँपारिस्थित गोकुले गाविसका सचिव नुमानन्द अधिकारीले काठमाडौँमा इँटाभट्टामा काम गर्न र वैदेशिक रोजगारीका लागि १४ वर्षमुनिका युवा नागरिकता तथा राहदानीका लागि गाविसमा धाउने गरेको स्वीकार गरे । उनले एक युवकलाई दुई वर्षपछि आउनू भन्दै फर्काइएको जानकारी दिँदै अझै पनि अधिकांश साना साना देखिन्छन् तर पहिले नै जन्म दर्ता गरेर आएका हुन्छन् भने ।

जिल्ला प्रशासन कार्यालय, धुलिखेलका अनुसार आव २०७२/०७३ मा राहदानी बनाउन ११ हजार ५८१ जनाले फाराम भरेका छन् भने द्रुत सिफारिस लिनेको सङ्ख्या पाँच हजार २३० छ । राहदानी बनाउनेमध्ये ९० प्रतिशत मात्रै युवा छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share