शनिबार, मंसिर १८, २०७८

उपलब्धी गुम्नेमा अझै शंका

१९ जेष्ठ २०७३, बुधबार १९:५७

काठमाडौं, १९ जेठ ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले प्राप्त गरेका उपलब्धी गुम्नेमा अझै शंका रहेको बताएका छन् । प्रजातन्त्र संबद्र्धन केन्द्रले आज आयोजना गरेको नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली काँग्रेसको भावी कार्यदिशा विषयक विचार गोष्ठीमा उनले शंका निवारणका लागि कांग्रेसले संविधान कार्यान्वयनका लागि आग्रसर हुनुपर्ने बताए ।
महामन्त्री कोइरालाले अहिले मुलुकमा बामपन्थीहरुका बीचमा ध्रुविकरण भइरहेको अवस्थामा संविधान कार्यान्वयनका लागि सहकार्य गर्नुपर्ने बाध्यता भएपनि बामपन्थीहरुसंगको सहकार्य कांग्रेसले गर्न नसक्ने स्पष्ट पारे ।
उनले बामपन्थी पार्टीहरु पार्टी नभएर कम्पनी जस्ता भएको समेत बताए । उनले कांग्रेसले आफ्नो नियन्त्रण बाहिर जाने सोच र बिचारको वकालत गर्न नसक्ने भन्दै अतिवाद र अराजकताको पक्षमा नभई मध्यमार्गी बाटोबाट कांग्रेसले बिचलित हुन नहुने बताए ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले एउटा आन्दोलनले ल्याएको उपलब्धी हाँसिल गर्न नपाउँदै अर्को आन्दोलनमा लाग्दा देश पछाडि परेको बताए । उनले पहिलो संविधानसभामा कम्युनिष्टहरुको चारपटक सरकार बन्दापनि संविधान निर्माण हुन नसक्नु दुखद कुरा भएको बताँउदै काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share