शुक्रबार, असार १७, २०७९

उपभोक्ता समितिलाई छ हेक्टर वन

३१ जेष्ठ २०७३, सोमबार १५:१७

कञ्चनपुर, ३१ जेठ । शुक्लाफाँटा वन्यजन्तु आरक्षले बेल्डाँडी नगरपालिकामा रहेको कालिकिच उपभोक्ता समितिलाई घाँसे मैदान बनाउन छ हेक्टर वन उपलब्ध गराएको छ ।

आरक्षले बेल्डाँडी नगरपालिका–३ कालिकिचसँगै जोडिएको छ हेक्टर वनलाई घाँसे मैदान बनाउनका लागि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । उपभोक्ताका लागि घाँस र आरक्षका जनावर बस्ती पस्नबाट जोगाउन वन क्षेत्र उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले बताए । उपलब्ध गराइएको वनमा तारबार गरी घाँस संरक्षणसँगै जङ्गली जनावरले गर्दैआएको नोक्सानी न्यूनीकरण गर्न कार्य अगाडि बढाइएको छ ।
उपलब्ध गराइएको वनमा घाँस तथा विभिन्न प्रजातिका बिरुवा रोप्ने योजना छ । उपभोक्ता आफैँले बनाएको वनबाट निर्वाध रुपमा घाँस काट्न पाउने भएपछि आरक्षका कर्मचारीको आँखा छिचोल्दै घाँस चोरी गर्नुपर्ने बाध्यतासमेत हट्ने विश्वास लिइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share