शनिबार, मंसिर १८, २०७८

उपत्यकामा पुनर्निर्माण अनिश्चित

२३ जेष्ठ २०७३, आईतवार ०६:५१

काठमाडौं,२३ जेठ विनाशकारी भूकम्पबाट ध्वस्त काठमाडौं उपत्यकाको पुनर्निर्माण अझै विलम्ब हुने देखिएको छ । लागत संकलनसम्बन्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको ‘भेरिफिकेसन मोडल’ दातृ निकायले चित्त नबुझाएपछि उपत्यकाको पुनर्निर्माणमा विलम्ब हुने देखिएको हो ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले दातृ निकायसँग भएको असमझदारी हटाउने प्रयास भइरहेको बताए । ‘दातृ निकायसँग केही असमझदारी भएकामा अहिले हटाउने प्रयास भइरहेको छ । हट्नासाथ उपत्यकामा पुनर्निर्माणको काम अघि बढ्छ । यसका लागि केही अवधि लाग्न सक्छ,’ उनले भने ।

पुनर्निर्माणका लागि आवश्यक स्रोत अझै जुटेन

दातृ निकाय र प्राधिकरणबीचको असमझदारीकै कारण पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटेको छैन । विशेषगरी प्राधिकरणको भूकम्पपीडित ‘भेरिफिकेसन मोडल’ मा विश्व बैंक सहमत हुन सकेको छैन । प्राधिकरणका अनुसार उपत्यकामा लागत संकलनकै लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । लागत संकलन गर्नसमेत प्राधिकरणसँग बजेट छैन प्राधिकरणसँग लागत संकलनका लागि खर्च गर्ने रकमको समेत अभाव छ । ‘पुनर्निर्माणका लागि ठूलो मात्रामा स्रोतसाधनको आवश्यकता छ । त्यो स्केलको स्रोतसाधन नभएर पनि हो सुरु हुन नसकेको । व्यवस्थापनका लागि प्राधिकरण लागिपरेको छ,’ प्राधिकरणका प्रवक्ता थपलियाले भने, ‘सरकार पनि यसमा सहमत छ ।

अब चाँडै काम अघि बढ्छ

 १२ वैशाखलगत्तै पुनर्निर्माण सुरु गर्ने भनिएको थियो प्राधिकरणको योजनाअनुसार १२ वैशाखपछि उपत्यकामा  पुनर्निर्माणको काम सुरु गरिने भनिएको थियो । तर, प्राधिकरणले जेठको तेस्रो सातासम्म पनि उपत्यकामा पुनर्निर्माणका प्रक्रिया अघि बढाउन सकेको छैन । प्रवक्ता थपलियाले उपत्यकामा पुनर्निर्माण गर्ने मिति तोकेर भन्न नसकिने बताए । ‘तयारी पूरा भएको छ । तर प्रक्रियामा कहिले जान्छ भन्न सकिने अवस्था छैन । त्यसैले कुन मितिमा काम सुरु हुन्छ भनेर ठ्याक्कै भनिनहालौँ,’ उनले भने ।

पुरातात्त्विक महत्त्वका काम भने जारी उपत्यकाभित्र सर्वसाधारणका भवन निर्माण गर्न नसकिए पनि पुरातात्त्विक महत्त्वका सम्पदाको निर्माण भने अघि बढेको छ । प्राधिकरणका अनुसार रानीपोखरीको पुनर्निर्माण कार्य दु्रत गतिमा अघि बढेको छ । पाटनको मणिमण्डप पुनर्निर्माण प्रक्रिया सुरु भएको छ । स्वयम्भूको अनन्तपुर, भक्तपुरको फसिदेग, हुनमानढोकाको वंशगोपाल र साँखुको बज्रयोगिनीको टेन्डर स्वीकृत भई निर्माण कार्य सुरु भएको छ । बुङमती मन्दिरको पुनर्निर्माणका लागि टेन्डर स्वीकृतिको अन्तिम चरणमा छ ।

धरहराको डिजाइन कार्यको परामर्श सेवाका लागि पाँचवटा प्रस्ताव प्राप्त भएको र विज्ञसहितको छलफल गरी मूल्यांकनका क्रममा रहेको छ । ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियानअन्तर्गत रकम संकलन जारी छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौंमा सबैभन्दा धेरै क्षति

गृह मन्त्रालयको तथ्यांकअनुसार उपत्यकाका तीनमध्ये सबैभन्दा धेरै क्षति काठमाडौंमा भएको छ । तथ्यांकअनुसार काठमाडौंमा  ३६ हजार ९७३ घर क्षति भएको छ । एक लाख ७३ हजार ७७३ जना भूकम्पपीडित छन् । भक्तपुरमा १८ हजार नौ सय घर क्षति भएको छ । ८८ हजार ८३० जना पीडित बनेका छन् । ललितपुरमा १७ हजार ४४४ घरमा क्षति पुगेको छ । ८१ हजार ९८७ जना भूकम्पबाट पीडित बनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share