सोमवार, मंसिर २०, २०७८

उपत्यकाभित्र जिउँदो राँगा–भैंसी ल्याउन रोकिने

१६ जेष्ठ २०७३, आईतवार ०६:४५

काठमाडौं, १६ जेठ- काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ ।

उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको हो । महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी भित्रिन निषेध हुने बताए ।

महानगरले अगाडि बढायो प्रक्रिया

उनले भने, ‘उपत्यकाभित्र राँगा–भैँसी ल्याउने प्रक्रिया निषेध गर्ने काम सुरु भएको छ । यसका लागि उपत्यकाभित्रका मासु व्यवसायीसँग पनि छलफल भएको छ । अबको तीन वर्षभित्र उपत्यकामा जिउँदो राँगा–भैँसी ल्याउन बन्द हुनेछ ।’

महानगरपालिकाका अनुसार उपत्यकामा जिउँदो राँगा–भैँसीको सट्टा मासु नै आयात हुनेछ । मासु ताजा र स्वास्थ्यबद्र्धक हुनेछ । उपत्यकाबाहिरका वधशालाबाट उपत्यकामा ताजा मासु भित्रिनेछ । उपयुक्त तापक्रममा चिस्यान गरिएपछि उपत्यकामा मासु भित्रिनेछ । महाशाखा प्रमुख श्रेष्ठले भने, ‘जिउँदो राँगा–भैँसीको सट्टा ताजा मासु आउनेछ ।

आवश्यक तापक्रममा राखिएपछि मात्रै मासु उपत्यकामा आउनेछ । यसो हुँदा उपत्यकाभित्रका वधशाला स्वत: हट्नेछन् ।’ मासु भित्र्याउनु आर्थिक रूपमा सस्तो महानगरपालिकाका अनुसार जिउँदो राँगा–भैँसीभन्दा मासु भित्र्याउनु आर्थिक रूपले सस्तो पर्न जान्छ ।

‘एउटा राँगा तीन सय केजीको हुन्छ । त्यसबाट सय केजी मात्रै मासु निस्कन्छ । बाँकी हड्डी, छाला र फोहोर हुन् । ती खेर जाने पदार्थ हुन् । त्यसको सट्टा तीन सय केजी ताजा मासु ल्याउँदा आर्थिक रूपमा सस्तो पर्छ । यसले व्यापारीलाई पनि फाइदा पुग्छ,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।

वधशालाका लागि स्थान अवलोकन महानगरपालिकाले उपत्यकाबाहिर वधशाखा स्थापना गर्न सकिने स्थानको अवलोकन गरिसकेको छ । कतिपय स्थानमा स्थापना भएका वधशालामा महानगरपालिकाले प्रस्तावसमेत राखिसकेको छ । उपत्यकाभित्र दैनिक ५० देखि ६० टन मासु खपत हुन्छ । जिउँदो राँगा–भैँसी औसतमा प्रतिकेजी दुई ८० रुपैयाँमा भित्रिन्छ ।

मासु बेचिँदा प्रतिकेजी तीन सय ३० रुपैयाँ पर्न जान्छ । यस आधारमा उपत्यकाभित्र मात्रै दैनिक एक करोड ९० लाख रुपैयाँको राँगा तथा भैँसीको मासु कारोबार हुन्छ । उपत्यकाभित्र मनाइने चाडपर्वका लागि आवश्यक राँगा–भैँसी आयातमा भने रोक लगाइनेछैन । उपत्यकाभित्रको सांस्कृतिक पक्षलाई हेरेर यस्तो गर्न लागिएको हो । विशेषगरी नेवारी संस्कृतिमा जिउँदो राँगो बलि दिने चलन छ । दसैँजस्ता पर्वमा पनि राँगाको बलि दिने चलन छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share