शुक्रबार, असार १७, २०७९

उपचार अभावमा घाइते युवकको मृत्यु

१ असार २०७३, बुधबार १३:०९

राजेन्द्र कार्की
जाजरकोट, १ असार ।
घर नजिकै पर्खाल लगाउने क्रममा ढुङ्गासँगै लडेर घाइते भएका जाजरकोट ढिमेका एक युवकको उपचारको अभावमा ज्यान गएको छ । ढिमे ९ निवासी ३६ वर्षीय कालिवहादुर सिंहको उपचार अभावमा बुधवार विहान ज्यान गएको हो ।
घाइते भएका उनलाई स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको तर स्वास्थ्य संस्थामा उपचारको भरपर्दो ब्यवस्था नहुँदा उनको ज्यान गएको स्थानीय प्रवीण नेपालीले बताए । मृगौलामा चोट लागेको सिंहको समयमा उपचार नपाउँदा ज्यान गएको नेपालीले बताए । स्वास्थ्य चौकीमा भएको स्रोत साधनले भ्याएसम्मको उपचार गरेपनि चोट गंभिर भएकाले उनको ज्यान जोगाउन नसकेको स्वास्थ्य चौकीका इन्चार्ज हिमालय राणाले बताए । घटना स्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share