शनिबार, असार ११, २०७९

उपचारको अभावमा दाम्लोमा वाँधिएकी किशोरीको उद्धार

११ असार २०७३, शनिबार १०:४१

जाजरकोट, ११ असार ।
५ वर्ष देखि पशुलाई झै दाम्लोमा बाँधेर राखिएकी जाजरकोट भेरीमालिका ५ पुन्मा की एक किशोरीलाई उद्धार गरिएको छ । मानसिक रुपमा विछिप्त अवस्थामा रहेकी १४ वर्षीया भगवती सिंहलाई ललितपुर स्थित कोशिस नामक एक गैरसरकारी संस्थाले उपचारको लागि उद्धार गरेको हो ।

५ वर्ष देखि घरमै दाम्लोले बाँधेर राखिएकी जाजरकोट भेरीमालिका ५ पुन्माकी भगवती सिंहलाई महिला तथा बालबालिका कार्यालय जाजरकोटबाट उपचारको लागि काठमाडौँ लैजादै कोशिस नेपालका कर्मचारीहरु । तस्बिर : राजेन्द्र कार्की
५ वर्ष देखि घरमै दाम्लोले बाँधेर राखिएकी जाजरकोट भेरीमालिका ५ पुन्माकी भगवती सिंहलाई महिला तथा बालबालिका कार्यालय जाजरकोटबाट उपचारको लागि काठमाडौँ लैजादै कोशिस नेपालका कर्मचारीहरु ।
तस्बिर : राजेन्द्र कार्की

कोशिस नेपालको उद्धार तथा पुर्नस्थापना कार्यमा काम गर्दै आएका महेश तिमिल्सेनाले शुक्रबार महिला तथा बालबालिका कार्यालय जाजरकोट पुगेर किशोरीलाई उद्धार गरेका हुन । उद्धार गरिएकी किशोरीको निःशुल्क उपचार हुने उनले बताएका छन् ।

महिला तथा बालबालिका कार्यालयले किशोरीको बाटो खर्चको लागि २० हजार रुपैयाँ समेत कोशिस नेपालका प्रतिनिधि तिमिल्सेनालाई हस्तान्तरण गरेको कार्यालयका सहलेखापाल यामबहादुर के.सी.ले जानकारी दिए ।

‘भगवती ५ वर्ष पहिले स्थानीय एक विद्यालयमा ५ कक्षामा पढ्थिन तर एक्कासी कराउने, रुने, जता मन लाग्यो उतै हिडिदिने, जे पायो त्यही खाईदिने गर्न थालिन ।’ आमा मनसरा सिंहले भनिन्, ‘उपचारको लागि जिल्ला अस्पताल हुदैँ नेपालगञ्जसम्म लियौ तर निको भएन ।’

छोरीको उपचारका लागि मानसिक अस्पताल काठमाडाैँमा लैजान रिर्फर गरिएपनि आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि लैजान नसकेको आमा मनसराले बताइन् । उनले भनिन ‘आर्थिक अभावले काठमाडौँ लैजान सकेका थिएनौ अव निको हुन्छ की ? ।’

बिरामी छोरीलाई पुर्‍याउन सदरमुकाम आईपुगेकी आमा मनसरा सिंहले राम्रोसँग उपचार गरिदिन अनुरोध गरेकी छन् ।

मानसिक स्वास्थ्य समस्या उपचार नपाएर अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार गरेर उपचार तथा पुर्नस्थापना गर्दै आएको कोशिस नेपालले हाल ललितपुर स्थित भैसेपाटीमा १७ पुरुष र वागडोलमा १९ जना महिलाको उपचार गरिरहेको जनाएको छ ।

भगवतीका बुवा पदम सिंह दोस्रो विवाह गरेर विदेश गएका छन् । घरमा आमा छोरी एक्लै छन् । भगवतीलाई हेरिदिने र स्याहार गरिदिने कोही नभएपछि बाध्य भएर दाम्लोले बाँधेर राख्नु परेको आमा मनसराले बाध्यता सुनाइन् ।

‘दाउरा, घाँस, चुलोपात, खेतीवाली जम्मै आफैले गर्नु पर्छ कति खेर छोरीको हेरचाह गरौ ।’ उनले दुखित हुदैँ भनिन्, ‘आफ्नै पतिले छोडेर गएर मानसिक बिरामी छोरीलाई जेनतेन पालेकी छु । साँझ विहानको छाक टार्नै मुस्किल छ कसरी यसको उपचार गरुँ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share