सोमवार, मंसिर २०, २०७८

उद्योगी केडिया अपहरणमा संलग्न पक्राउ

२६ जेष्ठ २०७३, बुधबार ०७:२६

कलैया, २६ जेठ । प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ ।

वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो । अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका–२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।
अपरहणमा संलग्न रहेको आरोपमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरिसकेको छ । अपहृत उद्योगी केडियालाई भारतीय प्रहरीको सहयोगमा भारतबाट अपरहणमुक्त गराइएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share