सोमवार, मंसिर २०, २०७८

उत्तर कोरियाले बनायो आफ्नै फेसबुक

२० जेष्ठ २०७३, बिहीबार १३:२४

korea-facebookउत्तर कोरियाले सामाजिक संजाल फेसबुकको क्लोन तयार पारेको छ । ठ्याक्कै फेसबुकजस्तै देखिने सोसल साइट उत्तर कोरियामा देखा परेको हो । स्टारकोन डट नेट डट केपी एड्रेसमा होस्ट गरिएको यो सोसल साइटमा विभिन्न फिचर्स रहेका बीबीसीले जनाएको छ ।

यो सोसल साइट सेवा कसले बनाएको हो भन्ने त खुलेको छैन तर उत्तर कोरियाको टेलिकमले आगामी दिनमा यो सेवा प्रदान गर्ने तयारी गरिरहेको र त्यसैको परीक्षण गरेको हुनसक्ने अनुमान गरिएको छ । उत्तर कोरियाको यो नक्कली फेसबुकका बारेमा थाहा भएको केही समयमै यो ह्याक भयो र अहिले यो उपलब्ध छैन ।

नेटवर्क व्यवस्थापन संस्था डेनका शोधकर्ता डग म्याडोरीलेे उत्तर कोरियाले बनाएको उक्त सोसल साइटका बारेमा पहिलोपटक पत्ता लगाएका हुन् । उनका अनुसार उत्तर कोरियामा कुनै वेबसाइट होस्ट भएको पाउनु निकै दुर्लभ कुरा हो । पछिल्लो यो सोसल साइटको नाम हेर्दा यो त्यहाँको स्टार टेलिकम सर्भिसँग जोडिएको अनुमान गर्न सकिने उनी बताउँछन् ।

यो साइट अनलइनमा देखा पर्ने बित्तिकै डगले ३ सय वटा नक्कली अकाउण्ट खोलिहाले । त्यसमध्ये एउटा चाहीँ उत्तर कोरियाली नेता किम जोंग उनको प्यारोडी अकाउण्ट पनि थियो । उक्त साइट पत्ता लागेको अर्को दिनमै त्यो ह्याक भयो र त्यसलाई ह्याकरले यु ट्युब भिडियोमा रिडाइरेक्ट गरे । त्यसलगत्तै उक्त साइट अफलाइन भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share