आइतवार, अशोज ३१, २०७८

उत्तरी सीमाको विषय रसियन सरकारको एजेण्डा

२२ भाद्र २०७३, बुधबार १३:३८

मस्को, २२ भदौ । रसियाको उत्तरी क्षेत्रमा विकसित घटनाक्रमका बारेमा प्रधानमन्त्री भ्लादिमीर पुटिनले छलफल गरेका छन् ।

क्रेमलिन समाचार सेवाका अनुसार अमेरिका र डेनमार्कको विषयमा पुटिनले सरकारी बैठकमा छलफल गर्नु भएको हो । सो बैठकमा रसियाको उत्तरी क्षेत्रमा विकसित घटनाक्रमलाई मुख्य एजेण्डा बनाइएको थियो ।

उत्तरी क्षेत्रमा स्थानीय प्राकृतिक वातावरण र ऐतिसाहिक तथा सांस्कृतिक सम्पदाहरुको अन्वेषण गर्नु मस्कोको प्राथमिकता हुने पुटिनले यसअघि नै बताएका थिए ।

रसियाको सीमा क्षेत्रमा अमेरिका, क्यानडा, नर्वे र डेनमार्कको ग्रिनल्याण्ड पर्दछ । यस्ले मरमान्स्क र अखाङगेस्कको क्षेत्र, नेनेट्सको स्वशासित क्षेत्र, चुकोट्का र यमल नेनेट्स र कोमी र यकुटीयाका केही भागहरुलाई समेटेको छ ।

तीसलाख बर्ग किलोमिटर क्षेत्रमा १८ प्रतिशत क्षेत्रफल र २५ लाख जनसंख्या उत्तरी क्षेत्रमा पर्दछ । रासस, सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share