आइतवार, असार १९, २०७९

उत्कृष्ट वन समूह र प्राविधिक पुरस्कृत

२८ असार २०७३, मंगलवार ०८:५९

बाबियाचौर (म्याग्दी), २८ असार । जिल्ला वन कार्यालयले सोमबार म्याग्दीका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राविधिकलाई पुरस्कृत गरेको छ ।

वन तथा वातावरण संरक्षण, संवद्र्धनमा योगदान गर्ने एक जना वन प्राविधिक र तीनवटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान इलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा नगद रु ११ हजारसहित सम्मान गरिएको सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले जानकारी दिए ।

यसैगरी, पात्लेखेत बाखेतको बराह पङ्ग्रेनी, दरवाङको दोविल्ना लमसुङ र राम्चे–९ को एकराते सामुदायिक वन उपभोक्ता समूहलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको छ ।

सहायक वन अधिकृत मानन्धरका अनुसार प्रथम, द्वितीय र तृतीय हुने वन समूहलाई क्रमशः नगद रु पाँच हजार ५००, तीन हजार ५०० र दुई हजार ८७५ पुरस्कार उपलब्ध गराइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share