शुक्रबार, कार्तिक ५, २०७८

उज्वेकिस्तानका प्रधानमन्त्री मिर्जियोयभलाई अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त

२४ भाद्र २०७३, शुक्रबार ०८:५२

अलमाटी (काजकास्तान), २४ भदौ । उज्वेकिस्तानको संसदले अन्तरिम राष्ट्रपतिका लागि नियुक्त भएका प्रधानमन्त्री सामकात मिर्जियोयभको नाम बिहीबार अनुमोदन गरेको यहाँको सरकारी वेबसाइटमा बताइएको छ ।

यससँगै उनलाई उज्वेकिस्तानमा लामो समयदेखि शासनसत्ता सम्हालेका र हालै दिवङ्गत हुनुभएका शक्तिशाली नेता इस्लाम कारिमोभको उनी उत्तराधिकारीका रुपमा उनलाई सत्ता सुम्पिने स्पष्ट सङ्केत देखिएको छ ।

अन्ठाउन वर्षीय मर्जियोयभलाई संसदीय नेता निग्माटिला युल्दासेभले समर्थन दिएपछि अन्तरिम राष्ट्रपतिका लागि योग्य मानिएका हुन् ।
यहाँको संविधान अनुसार निर्वाचनपूर्व उज्वेकिस्तानको अस्थायी नेता हुन पाउने प्रावधान छ । उनले संविधानअनुसार आगामी तीन महिनाभित्र हुने निर्वाचनमा राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गरी राष्ट्र प्रमुखको जिम्मेवारीका लागि निर्वाचित हुनुपर्नेछ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share