शनिबार, माघ ८, २०७८

उजुरी न्यायाधीकरणमा पुग्दैन

२९ असार २०७३, बुधबार १७:२४

काठमाडौँ, २९ असार । वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्ध परेको उजुरी वैदेशिक रोजगार न्यायाधीकरणमा नपुग्ने गरेको तयाङ्कले देखाएको छ ।

चालु आव २०७२/७३ मा विभागमा म्यानपावरविरुद्ध एक हजार ५०३ र व्यक्तिगत ६७१ उजुरी गरी दुई हजार १७४ उजुरी परेका छन् । न्यायाधीकरणमा व्यक्तिगत २१८ मुद्दा र म्यानपावरविरुद्ध दुई मुद्दा दर्ता भएका छन् ।

वैदेशिक रोजगारमा पीडित भएकालाई निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको संस्था पिपुल फोरमले बुधबार अयोजना गरेको पत्रकारसम्मेलनमा फोरमका अध्यक्ष सोम लुइँटेलले श्रम स्वीकृति दिने, उजुरी लिने, उजुरी सुन्ने, उजुरीउपर निर्णय गर्ने र मुद्दा दर्ता गर्ने सबै अधिकार विभागमा केन्द्रित हुँदा अधिकारको दुरुपयोग भएको बताए । व्यक्तिगत मुद्दा न्यायाधीकरणमा पठाउने तर म्यानपावर विरुद्धको संस्थागत मुद्दा पठाउन नपाउने परिपाटीको अन्त्य आवश्यक रहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार ऐन संशोधनका क्रममा रहेको र सो क्रममा ठगीसम्बन्धी उजुरी प्रहरीले हेर्न पाउनुपर्ने व्यवस्था ऐनमा गर्न आवश्यक रहेको लुइँटेलको सुझाव छ । चालु आवको जेठ मसान्तसम्म विभागले ४७२ उजुरी फरफारक गरेको तथ्याङ्कले देखाएको छ ।

न्यायाधीकरणमा चालु आवमा २२० र पुराना २१२ गरी ४३२ मुद्दा दर्ता भएकामा चालु आवमा ४७ मुद्दाको फैसला भएको र १७३ सुनुवाइका क्रममा रहेको छ । यस आवमा ७२१ जनालाई निःशुल्क कानुनी सहायता र एक हजार २३७ जनालाई कानुनी परामर्श प्रदान गरेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share