बिहिबार, माघ ६, २०७८

उजुरी दिने म्याद एक महिना थप

३१ जेष्ठ २०७३, सोमबार ०६:२६

काठमाडौँ, ३१ जेठ । सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले व्यक्ति बेपत्ता पार्नेविरुद्ध उजुरी लिनका लागि एक महिना समय थप गरेको छ । 

आयोगका आयुक्त विष्णु पाठकले समय थप गर्नुपर्ने पीडितको माग र उजुरी आउने क्रम जारी रहेकाले असार मसान्तसम्मका लागि उजुरी दिने समय थप गरिएको जानकारी दिए । आयोगले यसअघि जेठ मसान्तसम्म मात्र उजुरी लिने सूचना जारी गरेको थियो ।
आयुक्त पाठकका अनुसार अाइतबार मात्रै बेपत्ता आफन्तको खोजी गर्न माग गर्दै १७८ पीडितले उजुरी दिएको र आयोगमा हालसम्म दुई हजार ४८ उजुरी परिसकेको बताए ।
दश वर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट करिब एक हजार ४९५ जना बेपत्ता पारिएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share