बुधबार, मंसिर २२, २०७८

इराकीबल फालुजा प्रवेश

१७ जेष्ठ २०७३, सोमबार १८:०७

बग्दाद, १७ जेठ । इराकी सरकारी सुरक्षा बल सोमबार इराकको फालुजा सहर प्रवेश गरेका छन् । इस्लामिक स्टेट लडाकू समूहले कब्जा जमाइरहेको यस सहरलाई इराकी सरकारी बलले सोमबर आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।

इराकी सुरक्षा बलले तीन तिरबाट प्रवेशगरी सहर नियन्त्रणमा लिएको र यहाँ नयाँ चरणको कारबाही सुरु गरिएको सुरक्षाबलका कमाण्डरहरुले जानकारी दिएका छन् । आतङ्ककारी विरुद्ध इराकमा कारबाही गरिरहेको सेवा (सीटिएस) बल, अन्बर प्रहरी र इराकी सैनिक स्थानीय समयाअनुसार सोमबार बिहान ४ बजे फालुजा सहरभित्र प्रवेश गरेको सेनाका एकजना कमाण्डरले बताएका छन् ।
यस कारबाहीको क्रममा अन्तर्राष्ट्रिय संयुक्त सेनाको समेत सहभागितामा सुरु भएको छ । इराकी सुरक्षाबलले आइएस लडाकू समूहले आफ्नो नियन्त्रणमा लिएको फलुजानजिकैको सहर अल गमामा हिजो नै नियन्त्रणमा लिएको थियो ।
सिटिएसका प्रवक्ता सबाह अल नोर्मानले इराकी सुरक्षाबलले फालुजा सहर आइएसको कब्जाबाट सोमबार बिहानबाटै सुरु सुरु गरेको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । सिरियाको छिमेकमा पर्ने यस इलाकामा आइएसको कब्जाबाट हटाउने सुरक्षाबलको यस प्रयासको क्रममा सर्वसधारण नागरिक फसेका जनाइएको छ ।
फजुला सहरमा करिब ५० हजार सर्वसाधारण नागरिक फसेका बताइएको छ । रासस ÷एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share