बुधबार, मंसिर २२, २०७८

इन्डोनेसियामा शक्तिशाली भूकम्प

२० जेष्ठ २०७३, बिहीबार १७:२४

जकार्ता, २० जेठ । बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ ।

पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
उक्त भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पुर्‍याएको बताइएको छ ।
तर यसबाट मानवीय क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन । पश्चिमी इन्डोनेसियालाई नै सन् २००९ मा गएको भूकम्पबाट एक हजार भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।
यस प्रकोपपछि सुनामीको चेतावनी भने आएको छैन । रासस/एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share