सोमवार, मंसिर २०, २०७८

इन्टरनेट विस्तारमा चीनले सघाउने

१८ जेष्ठ २०७३, मंगलवार ०७:०६

काठमाडौ १८ जेठ -मुलुकका सबै सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने सरकारी योजनालाई चीनले सहयोग गर्ने भएको छ । उसले सहयोगको प्रतिबद्धता जनाउदै सरकारसँग विस्तृत प्रस्ताव माग गरेको हो ।

‘चीनले सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्‍याउने योजनामा चासो देखाएको छ,’ सञ्चार मन्त्रालयका सहसचिव सुरेश अधिकारीले भने, ‘हामीसँग प्रस्ताव मागिसक्यो ।’ उनका अनुसार, चीनियाँ दूतावासका अधिकारीको एक टोलीले सञ्चार मन्त्रालयमा आएरै सरकारी योजनामा सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । उनीहरुले औपचारिक माध्यमबाट प्रस्ताव पठाए आफुहरु योजनाका लागि भौतिक एवं प्राविधिक सहयोग गर्न तत्पर रहेको बताएका थिए । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पनि सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र सामुदायिक स्वास्थ्य केन्द्रमा नि:शुल्क इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । यसका लागि माइक्रो वेभ ट्रान्समिसनबाट सेवा दिइने बजेटमा उल्लेख छ ।कान्तिपुर दैनिकमा खबर छ ।

चिनियाँले चासो देखाएपछि मन्त्रालयले परराष्ट्रमार्फत औपचारिक प्रस्ताव पठाउने तयारी गरेको छ । ‘हामीले प्रस्ताव बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएका छौं,’ अधिकारीले भने, ‘प्राधिकरणबाट आएपछि परराष्ट्रमार्फत पठाउछौ ।’ सञ्चारले शिक्षा र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा प्रस्तावलाई पूर्णता दिने उनले बताए । ‘इन्टरनेट सेवा विस्तार हाम्रो क्षेत्रमा भएपनि यसमा शिक्षा र स्वास्थ्य मन्त्रालयको भुमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘हामीले दुवै मन्त्रालयसँग पनि समन्वय गरेर प्रस्ताव पठाउछौं ।’

चीनले विद्यालय, उच्च मावि, क्याम्पस र स्वास्थ्य केन्द्रमा इन्टरनेट जोड्न लाग्ने उपकरण, कम्प्युटर, सोलार प्यानलगायतका पूर्वाधारलाई आवश्यक वस्तु सहयोग गर्न चासो देखाएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share