शनिबार, मंसिर १८, २०७८

इन्जिनियरहरु समृद्धिको लागि भौतिक पूर्वाधार

१७ जेष्ठ २०७३, सोमबार १८:४१

काठमाडौं, १७ जेठ ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले इन्जिनियरहरु समृद्धिको लागि भौतिक पूर्वाधार भएको बताएका छन् । नेपाल इन्जिनियरिङ समाजको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकलाई समृद्ध बनाउँदै नेपाललाई विकसित मुलुक बनाउन इन्जिनियरहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’
‘नयाँ शक्तिले १५ वर्ष भित्रमा मध्यस्तरमा नेपाललाई विकसित बनाउने र २५ देखि ३० वर्ष्भित्र उच्च विकसित चरणमा पुर्‍याउने स्पष्ट खाकासहित अगाडि बढ्छ,’ उनले भने, ‘यसको लागि कस्तो रणनीति र कार्यनीति अपनाउनुपर्छ, इन्जिनियरहरुले भिजनसहित सघाउनुपर्छ ।’
उनले आफ्नो उमेरको सीमितता भएकोले १५ वर्ष बाँचेमा मध्यमस्तरको विकसित नेपाल देख्न पाउने र २५ वर्ष बाँचे उच्च स्तरको विकसित नेपाल राष्ट्र देख्न पाउने विश्वास व्यक्त गरे ।
स्वाधीन समृद्ध र समतामुलक नेपालको आधार, सक्षम इन्जिनियर जनशक्ति र पूर्वाधार भन्ने नाराका साथ भएको इन्जिनियरहरुको प्रथम भेलाले डा. लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा नेपाल इन्जिनियरिङ समाजको १ सय ५१ सदस्यीय अन्तरिम परिषद गठन भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share