बिहिबार, माघ ६, २०७८

इद मनाइरहेकामाथि इराकमा आईएसको आक्रमण, कम्तिमा ३० को मृत्यु

२४ असार २०७३, शुक्रबार ०८:३१

बगदाद, २४ असार । इराकको राजधानी बगदादको उत्तर क्षेत्रमा गराइएको तीन वटा आत्मघाती आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको इस्लामिक स्टेट (आईएस)ले दावी गरेको छ। समाचार एजेन्सी बिबिसीका आईएसले गरेको तीन आक्रमणमा परी ३० जनाको मृत्यु हुनुका साथै कयौ जना घाइते भएको दावी गरेको उल्लेख गरेको छ।

शिटे मुस्लिमहरूको बाहुल्य रहेको क्षेत्रमा इद मनाइरहेकाहरूमाथि बम आक्रमणका साथै गोली समेत प्रहार गरिएको समाचारमा उल्लेख गरिएको छ। तीन बम बिस्फोट साइद मोहम्मद बिन अली अल हादीको समाधीस्थल नजिकै गरिएको हो। समाधीस्थलमा इद मनाउनका लागि उपस्थित भएकाहरूमाथि लक्षित गर्दै एक आत्मघाति आक्रमणकारीले आफूलाई बिस्फोट गराएका थिए।

उनले आफूलाई बिस्फोट गराएसँगै इद मनाउन उपस्थित भएकाहरूमाथि गोली पनि चलाइएको सुरक्षा स्रोतले जनाएको समाचारमा जनाइएको छ। एक आत्मघाती हमलाकारीलाई भने त्यहाँका सुरक्षाकर्मीले गोली प्रहार गरी बिस्फोट हुनबाट जोगाएका थिए। यस्तै, उक्त क्षेत्रमा रकेट आक्रमण समेत गरिएको आईएसले दावी गरेको समाचारमा उल्लेख गरिएको छ। यस आक्रमणलाई सन् २००३ मा करिब ३ सय जनाको ज्यान जाने गरी गरिएको आक्रमणपछिको ठूलो आक्रमण भएको समाचारमा जनाइएको छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share