बुधबार, मंसिर २२, २०७८

इजिप्टमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नेलाई पनि जेल सजाय हुने

२० जेष्ठ २०७३, बिहीबार १७:३४

कायरो, २० जेठ । इजिप्टमा सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकलाई पनि जेल सजाय दिने गरिएको छ । केहीलाई बिहीबार पनि यस्तो सजाय सुनाइएको छ ।

इजिप्टको राजधानी कायरोस्थित एक अदालतले बिहीबार ५० जनालाई कम्तीमा पनि चार वर्षको जेल सजाय सुनाएको बताइएको छ ।
गएको महिना पनि सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जना प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय तोकिएको थियो ।
यहाँका अधिकारीले बिहीबार बताएअनुसार ५० जना प्रदर्शनकारीलाई यसअघि नै पक्राउ गरी थुनामा राखिएको थियो । सरकारी अधिवक्तहरुले उनीहरुलाई लामो समयको काराबास सजायको माग गरेका थिए ।
हाल इजिप्टमा सैनिक शासन रहेको छैन । तर पनि सैनिक प्रमुखले नै यसअघिको निर्वाचित राष्ट्रपतिलाई कू गरी सन् २०१३ देखि नै आफ्नो हातमा सत्ता लिएका थिए ।
इजिप्टको यही सैनिक सरकारले सन् २०१३ मा यस्तो कडा काुनन बनाएको हो । यस कानुनबमोजिम सरकारको विरोधमा कुनै पनि खालको प्रदर्शन गर्न पाइँदैन ।
सोही विवादित कानुनको आडमा उनीहरुलाई काराबासको सजाय तोकिएको हो । सन् २०१३ मा निर्माण गरिएको उक्त कानुनले सडक प्रदर्शनमाथि पनि रोक लगाएको छ ।
सडक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका ७० जनामध्ये ५० जनालाई प्रतिव्यक्ति आर्थिक जरिवाना सहित चार वर्षको काराबासको सजाय तोकिएको छ ।
सरकारविरुद्धको प्रदर्शनमा गएको अप्रिल २५ मा प्रदर्शन गर्न विभिन्न ठाउँबाट इजिप्टको राजधानी कायरो आएका प्रदर्शनकारीमध्ये उक्त दिन करिब एक हजार २०० जनालाई पक्राउ गरिएको थियो ।
उनीहरुमध्ये धेरैजसोलाई अनुसन्धानपछि रिहा गरिए पनि करिब २०० जना प्रदर्शनकारीलाई गत कानुनको उल्लङ्घन गरी सडकमा उत्रिएको आरोपमा मुद्दा चलाइएको थियो ।
यसरी मुद्दा चलाइएका मध्येमा पनि गत महिनामात्र करिब १०० जनालाई पाँच वर्षको यस्तै जेल सजाय सुनाइएको थियो । त्यस घटनाको मानवअधिकारवादी संघसंस्थाहरुले व्यापक मात्रामा विरोध गरेका थिए ।
इजिप्टको अदालतद्वारा सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका नागरिकमाथि जेल सजाय तोक्नुलाई कानुन र प्रजातन्त्र विपरीत भनिएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले सरकारविरद्धको आन्दोलनका नाममा इस्लामिक स्टेट (आईएस) लडाकूद्वारा सिनाई लगायतका स्थानमा आक्रमण गर्ने गरेका बताए ।
त्यसैले आइएसलाई नियन्त्रण गर्ने तथा राष्ट्रको अर्थतन्त्रलाई बिग्रन नदिन सरकारले आन्दोलन पक्षधर समूहमाथि कडा नीति लिनु परेको बाध्यकारी अवस्था भएको बताए ।
उनले देशमा शान्ति र अमनचैन कायम गर्ने प्रयत्नमा आफू लागिपरेको भन्दै यहाँकै कानून बमोजिम सरकार चल्नसक्ने धारणा राखे ।
इजिप्टमा मानवअधिकारको व्यापक मात्रामा उल्लङ्घन हुने गरेकोप्रति सङ्केत गर्दै इजिप्टको मानव अधिकारका घटना पश्चिमी मुलुकको मापदण्ड अनुरुप बन्न नसक्ने बताउदै आएका छन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share