मङ्लबार, माघ ११, २०७८

आयोगमा निवेदन आउने क्रम जारी

२० जेष्ठ २०७३, बिहीबार १४:३९

खबरइरा संवाददाता
सुर्खेत, २० जेठ ।

वेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिने क्रमजारी रहेका छन् । दुई महिनाको अवधि राखेर द्वन्द्व पीडितबाट निवेदन संकलन सुरु गरिएको थियो ।
सुर्खेतमा अहिलेसम्म ४ सय ६१ जनाले सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ४३ जनाले वेपत्ता छानबिन आयोगमा निवेदन दिएको स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा सुर्खेत भन्दा बाहिरी जिल्लाबाट ६५ वटा निवेदन परेको जानकारी दिए ।
सुर्खेतमा राहात पाए र नपाएका झण्डै २ हजार २ सय व्यक्ति रहेपनि आयोगमा निवेदन दिनेको संख्या भने हालसम्म कमै रहेको स्थानीय शान्ति समितिका संयोजक थापाले बताए । सुर्खेतमा राहात लिएका मात्रै ९ सय २७ जना रहेको उनले जनाएका छन् । राहात पाएका र नपाएका सबैले निवेदन दिनु पर्ने भएपनि हालसम्म आएका निवेदनको संख्या भने कम रहेको स्थानीय शान्ति समितिका संयोजक थापाले बताए ।
त्यसैगरी मुगुमा सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि अहिले सम्ममा २ सय ६१ जनाले निवेदन दिएका छन् । स्थानीय शान्ति समितिमा सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि निवेदन आउने क्रम जारी रहेको स्थानीय शान्ति समितिको कार्यालय मुगुका प्रमुख मदन कार्कीले बताए । उनका अनुसार वेपत्ता छानबिन आयोगका लागि ८८ जनाले निवेदन दिएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि असार २ गतेसम्म र वेपत्ता छानबिन आयोगका लागि जेठ मसान्तसम्म निवेदन दिन सकिने कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share