मङ्लबार, असार २१, २०७९

आयरल्याण्डमाथि बेल्जियमको शानदार जित, स्वीडेनलाई दबाव

५ असार २०७३, आईतवार ०७:३२

Lukakuकाठमाडौं । लुकाकुको दुई गोलको मदतमा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डमाथि शानदार जित हात पारेको छ ।

युरो कपमा पहिलो जित हात पार्ने क्रममा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको हो । यससँगै उसको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ भने स्वीडेनमाथि दबाव बढेको छ ।

बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवाटै बेल्जियम हावी भयो ।

४८ औं मिनेटमा लुकाकुले गोल गरे । उनले केभिन डी ब्रुयनेको पासमा गोल गरेका हुन् । र, युरो २०१६ मा बेल्जियमको यो नै पहिलो गोल बनेको छ । पहिलो खेलमा भने बेल्जियमले इटलीसँग २-० गोल अन्तरको हार व्यहारेको थियो ।

६१ औं मिनेटमा विट्सलले अग्रता दोब्बर पारे । खेलको ७० औं मिनेटमा इडन हजार्डको पासमा लुकाकुले व्यक्तगत दोस्रो गोल गर्दै बेल्जियमलाई जित दिलाए ।

यो समूहबाट इटली नकआउट चरणमा पुगिसकेको छ । र, समूह चरणको अन्तिम बेल्जियम र स्वीडेन नै आमनसामने हुनेछन् । यदि इटलीले रिपब्लिक अफ आयरल्याण्ड हराए वा बराबरी खेले बेल्जियमलाई बराबरी भए पुग्छ ।

तर, स्वीडेनलाई भने जित आवश्यक हुन्छ । बराबरीले भने समूहको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्ने विकल्प बाँकी रहनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share