शनिबार, मंसिर १८, २०७८

आमा समूहद्वारा सामुदायिक भवन निर्माण

२९ जेष्ठ २०७३, शनिबार १०:३७

रामपुर (पाल्पा), २९ जेठ ।

रामपुर नगरपालिका–४ को सिर्जनशील आमा समूहका सदस्यले सामुदायिक भवन निर्माण गरेका छन् । यहाँका आमा समूहका सदस्यले आर्थिक रकम सङ्कलन र श्रमदान गरेर रु तीन लाखको लगानीमा सामुदायिक भवन निर्माण गरेका हुन् ।

आमा समूहको सक्रियता र लगानीमा दुई कोठे सामुदायिक भवन निर्माण गरिएको सचिव विष्णु भट्टराईले बताउनुभयो । यहाँ भवन निर्माण भएपछि बैठक, छलफल, गोष्ठी, विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज भएको समुहका अध्यक्ष धर्मदेवी घर्तीले बताइन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share